३० आश्विन २०८३, शुक्रबार

मलाई आरोप लाउने हैन भन्दै लेखा समितिमा आयल निगमका हाकिम पड्किएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal_Khadka– विमल योगी
काठमाडौं, ४ चैत । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले निगमको काम कर्तव्यबारे अलोचना र टिप्पणी नगर्न चेतावनी दिएका छन् ।

विहीबार लेखा समितिमा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा खड्काले गैरजिम्मेवारी भाषा नबोल्न भन्दै सांसदहरुको सातो नै लिएका छन् । उनले भने- आयल निगमबारे सार्वजनिक लेखा समितिले गैरजिम्मेवारी बोल्नुभएन्, भन्नुभएन् । निगममा मैले विधी र ऐनअनुसार नै काम गरिरहेको छु । मेरो काम कर्तव्यप्रति आलोचना टिप्पणी गर्ने होइन ।’

उनले निगमको काम भनेको इन्धन आयात गरेर पेट्रोल पम्पहरुलाई वितरण हो भन्दै सबै दोष हामीमाथि थुपार्न नहुने बताए । ‘हामीले तेल ल्याएर पम्पहरुलाई बाड्ने हो । अनुगमन गर्ने काम हाम्रो काम होइन । यो त वाणिज्य विभागको हो । योविषयमा अनुगमन गर्ने वाणिज्य विभागले विदा पर्यो भनेर पन्छिन् पाउँदैन्,’ उनले आक्रोश पोख्दै भने ।

विराट पेट्रोलियम कम्पनीलाई तेल ल्याएर विक्री गर्न सरकारले अनुमति दिएको भन्दै उनले भने– ‘त्यसमा मेरो भन्नु केही छैन् । हामीले अनुगमन गर्ने हो र गरिरहेका छौं ।’

बैठकमा एकोहोरो बोलेका कार्यकारी निर्देशक खड्काले पछिल्लो समय बजारमा पेट्रोल सहज भएको दाबी गरे । तर, उनले भने अनुसार बजारमा सहज भएको पाइन्न । पम्पअगाडि लाइन लागेकै देखिन्छन् ।

‘अहिले डिजेलको सर्टेज छ । तर, डिजेल पनि बढाउँदै लगेका छौं,’ खड्काले भने- ‘माथिदेखि हुँदै आएको गल्तिको दोष म (कार्यकारी निर्देशक)लाई मात्रै दिनुहुँदैन् ।’

त्यसपछि बैठकको अन्तिममा फेरि लेखा समितिका सभापति जनार्दन शर्माले सांसदलाई बोल्न दिएका थिए । त्यसक्रममा सांसदहरुले आयल निगम भ्रष्टाचारी भएको, कालोबजारीलाई प्रश्रय दिएको आरोप लगाउँदै वाणिज्य मन्त्रालयले पनि एक्सन नलिएको गुनासो गरेका थिए । उनीहरुले वाणिज्यमन्त्रीदेखि आयल निगमका कर्मचारीसम्मलाई पाता कसेर कारवाही गर्नुपर्छ भनेका थिए ।