काठमाडौं, ४ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारतको राजधानी नयाँदिल्लीबाट आज स्वदेश आउँदै हुनुहुन्छ ।
झण्डै एकसाताको नयाँदिल्ली बसाइपछि अध्यक्ष यादव आज काठमाडौं आउन लाग्नु भएको हो । उहाँ मध्यान्ह १२ बजे काठमाडौं अवतरण हुने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
यादव एकउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली जानु भएको थियो ।
अध्यक्ष यादवले त्यहाँ रहँदा भारतीय नेताहरूसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्नुभएको स्रोतले जनाएको छ ।
विगत छ महिनादेखि तराई मधेसमा आन्दोलन गर्दै आउनु भएका यादवले अबको आन्दोलनलाई राजधानी केन्द्रित बनाएर जानुपर्ने बताउँदै आउनुभएको छ ।












प्रतिक्रिया