१ कार्तिक २०८३, आइतबार

बर्जरको मनि कामनाबाट बुटवलका १० जना पुरस्कृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

berger photo1

बुटवल, ३ चैत । बर्जर पेन्ट्सको मनि कामना योजना अन्तरगत बुटवल क्षेत्रका १० जना बिजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।

बुधबार बुटवलमा आयोजित एक कार्यक्रमका बिच कम्पनिका एरिया सेल्स मेनेजर डिल्लीराम पौडेलले बिजेताहरुलाई चेक हस्तान्त्रण गरे । बिजेताले रु १० हजार देखि ५० हजार सम्मको पुरस्कार पाएका छन । जसअन्तरगत योगिकुटीका मधु घिमिरेले रु ५० हजार नगद प्राप्त गरेका छन ।

त्यस्तै बुटवल चिडियाखोलाका योगेश घिमिरेले रु २५ हजार र नवलपरासी सुनवलका पर्शुराम पाण्डेले रु १५ हजार प्राप्त गरे । त्यस्तै न्यु इरा होटल बुटवल, लक्ष्मण ज्ञवाली( शंकरनगर), सरस्वती गौचन (शिवनगर), एशियन होटल (शंकरनगर), सुवास घिमिरे( बुटवल), दिलिप खनाल –कालिकानगर) र पारिजात स्कुल –बुटवल)ले रु १०—१० हजार नगद पुरस्कार प्राप्त गरेका छन ।

सेल्स मेनेजर डिल्लीराम पौडेलका अनुसार कम्पनिले ल्याएको यो योजना अन्तरगत नारायणगढ पश्चिमका २५ जना विजेता मध्ये १० जना बुटवलबाट बिजेता बन्न सफल भएका हुन ।

सो अवसरमा पुरस्कार विजेता होटल व्यवसायी माधव नेपाल, बर्जर पेन्ट्सको आधिकारी बिक्रेता सिद्धबाबा ट्रेडर्सका संचालक रामचन्द्र पाण्डेय, सिद्धार्थ कलर हाउसका नित्यानन्द ज्ञवाली लगायतले बोलेका थिए ।

कम्पनिले यहि फागुन २७ गतेबाट आउदो असार मसान्त सम्मका लागी बर्जर रंग फ्युजन योजना पनि लागु गरेको जनाएको छ ।