१ कार्तिक २०८३, शनिबार

भारत ढल्दा पाकिस्तानमा खुसीयाली, सामाजिक सञ्जालमा मजाकको पात्र !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India's Rohit Sharma is stumped by New Zealand's Luke Ronchi during the ICC World Twenty20 2016 cricket match at the Vidarbha Cricket Association stadium in Nagpur, India, Tuesday, March 15, 2016. (AP Photo/Saurabh Das)

काठमाडौं, ३ चैत । भारतमा जारी विश्व ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा न्यूजिल्यान्डसँग लज्जास्पद पराजय बेहोरेपछि भारतीय टिम हाँसोको पात्र बनेको छ । विभिन्न सामाजिक सञ्जालमा भारतीय टिमलाई हाँसोको पात्र बनाइएको छ ।

न्युजिल्यान्डसँग हिजो भएको खेलमा भारत ४७ रनले पराजित भएको थियो । भारत पराजित भएकोमा पाकिस्तानमा विशेष खुसीयाली नै भएको छ । पाकिस्तानी क्रिकेटका फ्यानहरुले न्युजिल्यान्डलाई बधाई दिइरहेका छन् ।

भारतलाई हराएको विशेष गरेर पाकिस्तानी क्रिकेट फ्यानले न्यूजील्यान्डलाई बधाई दिइरहेका छन् ।

कतिपय पाकिस्तानीहरुले भारतीय टोली हारपछि पभेलियन फर्किएको र दर्शकले हुटिङ गरिरहेको भिडियो पोस्ट गरेका छन् ।

पंकज रोयले ट्विटरमा लेखेका छन्– ‘जो अर्काका लाग िखाल्डो खन्छ, ऊ आफैं त्यही खाल्डोमा पर्छ । भारतले आफ्नो स्पिनरलाई सहयोग पुग्ने पिच बनायो र अन्तिममा त्यसैमा नमीठो हार भोग्यो ।’

हीरा नामको एक ट्विटर हन्याडलबाट आएको ट्वीट यस्तो थियो– ‘कागजको शेर, नागपुरमा ढेर । विश्वको उत्कृष्ट ब्याटिङ लाइन अप । हाहाहाहाहा ।’

सुल्तान महमूद नामका युजरले ट्वीटरमा लेखेका छन्– ‘दुई मिनेटका मौन ती दर्शकका लागि जो नागपुरमा ब्ल्याकमा टिकट किनेर म्याच देख्न पुगे ।’
अफरोज नामका ट्विटर प्रयोगकर्ताले लेखेका छन्– ‘न्यूजिल्यान्डका खेलाडीका आँखा यो थाहा पाएर भरिए कि जति माया उनीहरुलाई न्यूजिल्यान्डबासीले गर्थे त्यो भन्दा धेरै माया पाकिस्तानीले गर्दा रहेछन् ।’

उसमान मरुफले ट्विटरमा लेखेका छन्– ‘विश्वको स्वघोषित सर्वश्रेष्ठ भारतीय टीम आफ्नो शर्मनाक हारको बहाना खोजिरहेको छ । के शर्मको कुरा भो र !’