१ कार्तिक २०८३, शनिबार

न्युजिल्याण्डले तोड्यो भारतको घमण्ड, घरेलु मैदानमै लज्जास्पद हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

newZeland

काठमाडौं, ३ चैत । विश्व क्रिकेटमा पनि आफूलाई सबैभन्दा बोलियो ठान्ने भारतलाई न्युजिल्याण्डले सुरुमै पराजित गरिदिएको छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर टेनको पहिलो खेलमै मंगलबार राति आयोजक भारतलाई न्युजिल्याण्डले ४७ रनले पराजित गरेको हो ।

नागपुरको जमथा स्टेडियममा टस जितेर पहिला व्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

जवाफी व्याटिङ गरेको भारत न्युजिल्याण्डका स्पिनरसाहु निरिह बन्यो । एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउँदा अल आउट भयो ।

भारतका कप्तान महेन्द्रसिंह धोनीले ३० बल खेल्दै ३० रन बनाउँदा विराट कोहलीले २७ बलमा २३ तथा रविचन्द्र आश्विनले २० बलमा १० रन जोडेका थिए ।

सुरेश रैना, शिखर धवन र हार्दिक पाण्डेयले समान एक एक रन बनाएर पेविलियन फर्किए । रोहित शर्माले पाँच तथा युवराज सिंहले चार रन बाहेक अन्यले रन जोड्न सकेनन् । रविन्द्र जडेडा, आशिष नेहरा र जसप्रित बुमराह शून्यम आउट भए ।

अलराउन्डर प्रदर्शन गरेका न्युजिल्याण्डका मिचेल सन्टनरले चार तथा इसा सोड्हीले तीन विकेट लिए । यस्तै नाथन म्याकुलमले दुई विकेट लिए ।

पहिलो खेलमै आफ्नै घरमा भारत हारेपछि दर्शकले आक्रोश पोखेका छन् । टिम इण्डियाको आलोचना गर्दै सुधार गर्न सुझाव दिएका छन् ।