२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली चीन जानै लाग्दा राजधानीमा हुँदैछ धमाका, मधेसी मोर्चाको हात !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौं, २ फागुन । संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको मुख्यालय तिनकुनेमा आज बसेको गठबन्धनको बैठकले चैत ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गठबन्धको विज्ञप्तिअनुसार चैत ७ गते शान्तिबाटीकामा जम्मा भइ माइतीघर मण्डलासम्म नारावाजी र कालोझण्डासहित पुगेर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने दिन विशेष तयारीका साथ आउने गठबन्धनले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली चैत ७ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । ओलीको कार्यक्रमलाई विरोध स्वरुप संघीय गठबन्धनले राजधानीमा प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

मधेसी मोर्चासहितका विभिन्न साना दलहरू रहेको यो गठबन्धनमा आजदेखि पुनः दुई दल थपिएका छन् । गठबन्धनमा पहिला १३ वटा दल थिए । आज अरु दुई दल थपिएपछि अब संघीय गठबन्धनमा १५ वटा दल भएका छन् ।