२४ कार्तिक २०८३, मंगलबार

खुमबहादुरको शक्ति बढेपछि शेरबहादुरलाई सकस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-khumकाठमाडौं, २ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने कसरत शुरु गर्नुभएको छ ।

पहिलो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि जिम्मेबारी बोध गर्दै उहाँले सबैभन्दा पहिलो केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने कसरत गर्नुभएको हो ।

नवनिर्वाचित सभापति देउवालाई बधाई दिन बुढानिलकण्ठ पुगेका कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनका पदाधिकारीसँग छलफल गर्दै उहाँले अब चाँडै नै केन्द्रीय समितिलाई पूर्णता दिइने बताउनुभएको हो । उहाँले कसैलाई पनि काखापाखा नगरी पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कांग्रेसको ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था भए पनि महाधिवेशनले ६४ जना मात्र निर्वाचित गरेको छ ।

बाँकी २१ केन्द्रीय सदस्य सभापतिको प्रस्तावमा केन्द्रीय समितिले नै चयन गर्ने व्यवस्था छ । केन्द्रीय समितिमा आरामदायी बहुमत प्राप्त गरेका देउवालाई महाधिवेशनबाट दोस्रो धेरै मत प्राप्त गरेर निर्वाचित भएका केन्द्रीय सदस्य खुमबहादुर खड्काले केन्द्रीय सदस्य नियुक्तमा अप्ठ्यारो पार्न शुरु गरिसकेको बताइएको छ ।

सभापतिमा उम्मेदवारी घोषणा गर्दा देउवाले खड्काको सहयोग माग्दै आफू निर्वाचित भए पाँच जना केन्द्रीय सदस्य खड्काले सिफारिस गरेका व्यक्तिलाई बनाइदिने आश्वासन दिनुभएको थियो । त्यसैगरी खड्कालाई उपसभापति वा महामन्त्री मध्ये एक पदमा नियुक्त गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।

खड्काले पहिलेको प्रतिबद्धता अनुसार आफूलाई उपसभापति वा महामन्त्रीमा मनोनित गर्न र आफूले भनेका पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न दबाब दिइसक्नुभएको स्रोतले जनाएको छ । खड्काले आफूले भनेका व्यक्ति केन्द्रीय सदस्यमा मनोनित नगरे अप्ठ्यारो पर्ने चेतावनीसमेत दिइसकेको बताइएको छ । केन्द्रीय सदस्यमा खड्का निकटका पाँच जना विजयी भएर आएका छन् ।
अब देउवाले खड्कालाई उपसभापति वा महामन्त्री तथा उहाँले भनेका पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरे कांग्रेसमा देउवाभन्दा खड्का नै बलियो बन्ने कांग्रेसी नेताहरु नै बताउँछन् ।