
काठमाडौं, १ चैत । एकीकृत माओवादीबाट सासंद बनेका नेता ल्हारक्याल लामामाथि प्रहरीले अर्काे कारवाही गरेको छ ।
आइतबार बैंक लकरमा गोली भेटिएपछि पक्राउ परेका लामालाई प्रहरीले अदालतको अनुमतिमा अनुसन्धानका लागि पाँच दिनका लागि हिरासतमा राखेको छ ।
अनुसन्धानकै क्रममा प्रहरीले गोली लाग्ने हतियार खोज्ने क्रममा सोमबार लामाको घरमा छापा हानेको छ । पेस्तो खोज्ने क्रममा बुढानिलकण्ठमा रहेको लामाको घरमा आफूहरुले छापा मारेको काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले बताए ।
यो घटनाको अनुसन्धान कार्की नेतृत्वको टोलीले गरिरहेको छ । उनका अनुसार टोलीले लामाको सम्पर्क स्थल र शस्कास्पद स्थानहरुमा निगरानी बढाएको छ ।
हाल सिंहदरबार प्रहरी वृतको हिरासतमा रहेका लामा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सम्पत्ति छानविनका क्रममा बैंक लकर खोल्दा पेस्तोलमा लाग्ने १४ थान गोली भेटिएपछि फन्दामा परेका थिए ।












प्रतिक्रिया