धनुषा, ११ साउन । एमावादीका डा. बाबुराम भट्टराई पक्षले धनुषामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।
भट्टराई पक्षले शिला यादवको संयोजकत्वमा १ सय ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
साउन १७ गते जिल्ला भेला गरेर समानान्तर जिल्ला समिति औपचारिक रुपमा घोषणा गर्नेछ । जेठ १६ र १७ गते भएको जिल्ला सम्मेलन रामचन्द्र मण्डलको नेतृत्वमा जिल्ला कमिटी बनाएको थियो ।
















प्रतिक्रिया