काठमाडौं, १ चैत । मुलुकमा व्याप्त कालोबजारी, भ्रष्टाचार र अनियमितता रोक्न माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले आज राजधानीमा प्रदर्शन गर्दैछ ।
मध्यान्ह साढे १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट सुरू हुने माओवादीको प्रदर्शन बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय पुगेर घेराउमा परिणत हुने एक नेताले बताए ।
तेल र ग्यासमा भएको कालोबजारी तथा नेपाल आयल निगमलाई निजीकरण गर्ने षड्यन्त्र विरुद्ध प्रदर्शन गर्न लागेको ‘विप्लव’ माओवादीको भनाइ छ ।
विप्लव माओवादीले तेल र ग्यासमा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि सरकारसँग माग गर्दै आएको छ । कालोबजारी नियन्त्रण नगरिए आफूहरू चुपलागेर नबस्ने ‘विप्लव’ माओवादीका नेताहरूको भनाइ छ ।












प्रतिक्रिया