२४ कार्तिक २०८३, मंगलबार

सार्क मन्त्रिपरिषद् बैठकको तयारी कार्यक्रम आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarcकाठमाडौं, १ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।

पर्यटकीय नगरी पोखरामा हुने उक्त बैठकअन्तर्गत आज र भोलि कार्यक्रम समितिको बैठक हुनेछ । सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागीता हुने उक्त बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ ।

दुईदिने उक्त बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिसमक्ष बैठकमा प्रस्तुत हुनेछ ।

चैत ३ गते आठवटै सदस्य मुुलुकका परराष्ट्र सचिवहरू सम्मिलित स्थायी समितिको बैठक हुनेछ भने चैत ४ गते सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रीहरूको बैठक हुनेछ ।

यसैबीच, पोखराबाट हाम्रा समाचारदाताले परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुधीर भट्टराईलाई उद्धृत गर्दै जनाएअनुसार कार्यक्रम समितिको बैठकमा भागलिन सबै सदस्य राष्ट्रका प्रतिनिधि पोखरा पुगेका छन् ।

मन्त्रिस्तरीय बैठकको व्यवस्थापन तथा सुरक्षासम्बन्धी सम्पूर्ण काम पूरा भएको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले बताउनुभयोे ।

हाल सार्कको अध्यक्ष नेपाल भएकाले उक्त बैठक पोखरामा आयोजना हुन लागेको हो । सार्कको इतिहासमा सरकारले पहिलोपटक मन्त्रिपरिषद् बैठक राजधानी बाहिर आयोजना गरेको हो ।