चितवन । चितवन जिल्लाको क्षेत्र नम्बर ४ को उपनिर्वाचनका लागि पाँच हजार मतदाता थपिएका छन् ।
अघिल्लो निर्वाचनमा ५९ हजार मतदाता रहेको सो क्षेत्रमा गएको ६ दिन गाउँमै मतदाता नामावली सङ्कलन गर्दा पाँच हजार नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।
वैशाख १४ देखि १९ गतेसम्म मतदाता नामावली सङ्कलन गरिएको हो । नामावली सङ्कलनका लागि यहाँ १६ वटा समूह परिचालन गरी दुई चरणमा मतदाना नामावली सङ्कलन गरिएको थियो ।
चितवनमा हुन लागेको उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्न लागिएकाले प्रचारका कार्यक्रम समेत सुरु भएको छ । आगामी असार ८ गते चितवन क्षेत्र नं ४ लगायत देशका विभिन्न चार क्षेत्रमा निर्वाचन गर्न लागिएको हो ।
जिल्लाको क्षेत्र नं ४ मा नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला विजयी हुनुभएको थियो । उनले चितवनबाट राजीनामा दिएकाले उपनिर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि कार्यालयले ३१ स्थानमा ८१ मतदान केन्द्र तोकेर प्रक्रिया अगाडि बढाएको छ ।











प्रतिक्रिया