
काठमाडौं, ३० फागुन । बैंकको लकरबाट १४ थान गोलीसहित पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आइतबार दिउँसो पक्राउ परेका लामालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि भन्दै काठमाडौं जिल्ला अदालतले लामालाई थुनामा राख्न अनुमति दिएको हो ।
अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानविनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकरमा जाँच गर्दा बन्दुकको १४ थान गोली बरामद भएपछि अख्तियारले प्रहरीको जिम्मा लगाएको थियो ।
प्रहरीले हातहितयार खरखजना ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन अदालतबाट पाँच दिनको अनुमति पाएपछि लामाको पाँच दिन प्रहरी खोरमा वित्ने भएको छ ।












प्रतिक्रिया