काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुलाई आज बालुवाटारमा बोलाउनुभएको छ ।
आफ्नो चीन भ्रमणका विषयमा परामर्श गर्न पूर्वप्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाउनुभएको हो ।
उहाँले सबै पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुलाई साँझ सवा ६ बजे बालुवाटारमा उपस्थित भएर परामर्श दिन आग्रह गर्नुभएको छ । त्यस क्रममा आगामी चैत ७ गतेदेखि हुने भनिएको प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाउनुपर्ने एजेन्डालगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि भारत भ्रमणमा जानुअघि पनि प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो ।












प्रतिक्रिया