काठमाडौं, ३० फागुन । एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामालाई हतियारसहित पक्राउ गरिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले छानविन गरिरहेका लामा हतियारमा लाग्ने १४ थान गोलीसहित आइतबार दिउँसो पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करले सम्पत्ति छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएपछि पक्राउ गरिएको जानकारी दिए ।
उनले भने– सम्पत्ति छानविनका क्रममा बैंकको लकर खोल्दा हतियारमा लाग्ने गोली भेटियो । त्यसपछि उनलाई तत्कालै नियन्त्रणमा लिएर दरबारमार्गमा रहेको प्रहरी युनिटलाई बुझायौं ।
यता दरबारमार्ग प्रहरीले उनीमाथी हातहतियार तथा खरखजाना ऐन २०१९ अन्तर्गत मुद्दा चलाउने जनाएको छ ।












प्रतिक्रिया