काठमाडौं, ३० फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।
अहिले केही समयपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, आपूर्ति व्यवस्था, प्रधानमन्त्रीको चीन भ्रमण, सरकारका कामकारबाहीलगायतका विषयमा छलफल हुनेछ ।
एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई लिएर पार्टीभित्र आन्तरिक छलफल हुँदै आएको छ । एमालेले चीन भ्रमणका बेला गर्नुपर्ने सम्झौताका विषयमा ओलीलाई सुझाव दिने स्रोतको भनाइ छ ।
बैठकमा पूर्णता दिन बाँकी रहेका विभागहरूका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।












प्रतिक्रिया