२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा आजको मतगणना सकियो, खुमबहादुर खड्का प्रथम (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khadka

काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना आज तेस्रो दिन पनि जारी रह्यो ।

अहिलेसम्म एक हजार ५०० मतगणना हुँदा सबैभन्दा अगाडि खुमबहादुर खड्का रहनुभएको छ । उहाँले ८९८ मत प्राप्त गर्नुभएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार डा शेखर कोइराला ८८५, प्रकाशमान सिंह ८८०, रमेश लेखक ८५१, पूर्णबहादुर खड्का ८४६ र केवी गुरुङले ८४१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।

त्यसैगरी, प्रदीप गिरी ८३९, प्रदीप पौडेल ८३७, बालकृष्ण खाँण ८३५, विमलेन्द्र निधि ८३३, धनराज गुरुङ ८२४, महेश आचार्य ८१५, डा रामशरण महत ७८६, बलबहादुर केसी ७८५, विश्वप्रकाश शर्मा ७७१, सुजाता कोइराला ७६६, शङ्कर भण्डारी ७४९, प्रकाशशरण महत ७४०, एनपी साउद ७३० र गोपालमान श्रेष्ठले ७३० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, चन्द्र भण्डारीले ७२१, डा मीनेन्द्र रिजाल ७१३, ज्ञानेन्द्रबहादुर कार्की ७१३ मतका साथ २५ जना भित्रमा पर्नुभएको छ ।

महाधिवेशनमा कुल तीन हजार १४८ मत खसेकाले अझै आधा मतगणना गर्न बाँकी रहेको छ । मतगणना आइतबार बिहानसम्मका लागि स्थगन भएको निर्वाचन समितिले जनाएको छ ।

१५ सय मत गणनामा खुला २५ मा कसले कति ल्याए ?
१) खुमवहादुर खडका (८९८)
२)  डा. शेखर कोइराला (८८५)
३) प्रकाशमान सिंह (८८०)
४) रमेश लेखक (८५१)
५) पूर्णवहादुर खडा (८४३)
६) केवी गुरुङ (८४१)
७) प्रदिप गिरी (८३९)
८) प्रदीप पौडेल (८३७)
९) बालकृष्ण खाँड (८३५)
१० विमलेन्द्र निधि (८३३)
११) धनराज गुरुङ (८२४)
१२)  महेश आचार्य (८१५)
१३) रामशरण महत (७८६)
१४) बलवहादुर केसी (७८५)
१५) विश्वप्रकाश शर्मा (७७१)
१६) सुजाता कोइराला (७६६)
१७) शंकर भण्डारी (७४९)
१८) प्रकाशशरण महत (७४०)
१९) एनपी सावद (७३०)
२०) गोपालमान श्रेष्ठ (७३०)
२१) चन्द्र भण्डारी  (७२१)
२२) मिनेन्द्र रिजाल (७१३)
२३) ज्ञानेन्द्र वहादुर कार्की (७१३)
२४) नारायण खडा (७१२)
२५)बद्रि पाण्डे (७०३)
२६) जीप छिरिङ(६२३)
२७) उदय शमशेर राणा(६२२)
२८) डिना महालक्ष्मी उपाध्याय(६०८)
२९) पद्मनारायण चौधरी (६०७)