२४ कार्तिक २०८३, मंगलबार

अहिलेको सरकार परिवर्तन भए जनताले दुःख पाउँछन्ः उपप्रम रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim rawal

अछाम, २९ फागुन । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले अहिलेको सरकार संविधान कार्यान्वयनका लागि नेतृत्व दिन दृढ रहेको बताउनु भएको छ ।

अहिलेको सरकारले नेपाल र नेपालीको शिर ठाडो हुने गरी काम गरिरहेको र अब संविधानको कार्यान्वयन गरी महिला, दलित, आदीबासी, जनजाति, मधेसी लगायत पछाडी पारिएको बर्ग तथा समुदायलाई व्यवाहारिक रुपमा अधिकार सम्पन्न गर्नको लागि तत्पर रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले सरकार परिवर्तन हुने हल्लातर्फ संकेत गर्दै अहिलेको सरकार संविधान कार्यान्वयनको लागि नेतृत्व दिन दृढ रहेको र कोही सत्ताको खेलमा लाग्ने र पुरानै विकृति दोहोर्याउन चाहन्छन् भने त्यो नेपाल र नेपालीको हितमा नहुने दाबी गर्नुभयो ।

संविधानको प्रभावकारी कार्यान्वयन मार्फत विभिन्न आयोगको गठन, जनतालाई व्यबहारिक रुपमा अधिकार सम्पन्न र देशलाई आत्मनिर्भर बनाउनु नै अहिलेको सरकारको प्राथमिकता रहेको रावलको भनाई थियो ।