
काठमाडौं, २९ फागुन । नेपाली फुटबलमा अर्काे सफलता प्राप्त भएको छ ।
कतारमा जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगिता अन्तर्गत शुक्रबार रातिको खेलमा नेपालले दक्षिण कोरियालाई ४—२ गोल अन्तरले जितेको हो ।
कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा भएके खेलमा १२ औं मिनेटदेखि कोरियाले अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेटमा नेपालका आकाश महतोले गोल गर्दै बराबरी गरे । खेलेको १७ मिनेटमा कोरियाले पेनाल्टीमा नेपालमाथि अर्काे गोल थप्दै पहिलो हाफमा २–१ को अग्रता लियो ।
दोस्रो हाफमा आक्रामक खेल्दै नेपालले खेल आफ्नो पोल्टामा पार्यो । सुरुवातमै अमिर श्रेष्ठले लामो सटमा बल पोष्टमा छिराउँदा बराबरीमा पुगेको खेलमा ५१ औं मिनेटमा अर्जुन सुब्बाले तेस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाए । ७१ औं मिनेटमा प्रकाश गिरीले अग्रता दोब्बर पार्दा नेपालले ४–२ गोल अन्तरको जित हात पार्यो ।
जापान, जोर्डन, लेबनान, भारत, सिंगापुर, चीन, थाइल्याण्ड, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, कोरिया लगायतका शक्तिशाली देश सहभागी खेलमा यसअघि नेपालले जापानलाई पराजित गरेको थियो ।
मार्च २४ मा नेपालले फिलिपिन्ससँग अर्को खेल खेल्नेछ ।















प्रतिक्रिया