काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणनामा तीन ठूला नेताबीच को पहिलो बन्नेमा होडबाजी चलेको छ ।
पछिल्लो मतपरिणाम अनुसार डा.शेखर कोइरालाले एक नम्बरमा कब्जा जमाइ बसेका छन् । डा. कोइरालाले ७ सय ३४ मतसहित पहिलो स्थानमा बस्न सफल भएका हुन् ।
डा.कोइरालालाई नेता खुमबहादुर खड्काले पछ्याइ रहेका छन् । खड्काले ७ सय १२ मतसहित दोस्रो स्थानमा उक्लिएका छन् ।
तेस्रो स्थानमा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह रहेका छन् । सिंहले ७ सय ७ मत पाएका छन् । यो समचार तयार पार्दासम्म १२ सय ५३ मत गणना भएको छ ।












प्रतिक्रिया