३० आश्विन २०८३, शुक्रबार

बजार अनुगमन र निरीक्षणलाई कडाइ गछौँं : मन्त्री पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganeshman Punदाङ, २९ फागुन । आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँंगको पेट्रोलियम सम्झौता अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचमा व्यापार, पारवहन सम्झौता भएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताउनुभयो ।

देशमा देखिएको असहज आपूर्तिलाई सहज बनाउन सरकार निरन्तर लागिपरेको भन्दै उहाँले लामो समयदेखिको अभाव विस्तारै कम हुने बताउनुभयो ।

भारतीय आयल निगम (आइओसी)ले सम्झौताअनुसारको इन्धन आपूर्ति नगर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव कायमै रहेको बताउँदै उहाँले इन्धनको भण्डार क्षमता अहिलेको १६ दिनलाई बढाएर ९९ दिनसम्म पुग्ने बनाउन लागेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकालगायत देशैभरि बजारमा म्याद नाघेका र नक्कली उपभोग्य वस्तु बेचेको गुनासो आउने गरेको र खाद्यान्न, औषधि, निर्माण सामग्री र सेवामूलक व्यापारलाई गुणस्तरीयता बनाउन देशैभरि पहिलो चरणमा ३५० जना कर्मचारी खटाएर संस्थागत रुपमा अनुगमन तथा निरीक्षण थालेको मन्त्री पुनको भनाइ थियो ।