२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस बचाउने दायित्व हाम्रो काँधमा आएको छ : सिटौला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishnaprasad Sitaulaकाठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूहरूको काँधमा पार्टीलाई जोगाउने दायित्व आइपरेको बताउनुभएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पाटिप्यालेसमा आज बिहान धन्यावाद दिन आयोजित कार्यक्रममा नेता सिटौलाले आफूहरूको समूह नै संस्थापन रहेको बताउनुभयो । ‘महाधिवेशनमा जितहार हुन्छ’, उहाँले भन्नुभयो, ‘महाधिवेशनमा हाम्रो समूहलाई आएको मतले थप जिम्मेवारी दिएको छ ।’

खचाखच भरिएको हललाई सम्बोधन गर्दै सिटौलाले भन्नुभयो, ‘हामीलाई आएको मतले तपाईहरू बस्नु हुँदैनै । उठिरहनुपर्छ भनेको हो । अब हामीले नै संस्थापनको नेतृत्व गरेर जाने हो । चुप लागेर बस्ने होइन ।’

सभापतिको निर्वाचनका बेला आफूले शेरबहादुर देउवालाई सघाएको बताउनुभएका नेता सिटौलाले भन्नुभयो, ‘मैले त्यति बैलै शेरबहादुर जीलाई बधाइ दिँदै मुलुक र पार्टीका लागि राम्रो गर्नु होला भनेर शुभकामना पनि दिएको थिएँ ।’

मुलुकलाई कांग्रेसले मात्रै नेतृत्व गर्न सक्ने बताउनुभएका नेता सिटौलाले अरब मुलुकमा नेपाली युवाको पसिनाले ल्याएको पैसाले सिंहदरबार चलाउन नपाइने बताउनुभयो । ‘अरबको खाडीमा युवाले कमाएको पैसाले सिंहदरबार चलाउन पाइँदैन’, उहाँले भन्नुभयो, ‘अब युवाहरूका लागि विदेश जाने वातावरण अन्त्य गर्नुपर्छ । रोजगारी सृजना गर्नुपर्छ ।’

अर्का युवा नेता गगन थापाले पार्टीमा आफूले भागेको पराजयबाट कत्तिपनि विचलित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म जुन क्लासमा थिएँ, त्यो क्लासबाट माथि उक्किलन खोजेको हुँ, उक्लिँदा प्राविधिक रुपमा सफल हुन नसकेपछि सम्मानजनक मत ल्याएको छु ।’

पदका लागि आफूले मरिहत्य नगरेको बताउनुभएका नेता थापाले भन्नुभयो, ‘केन्द्रीय सदस्य पदका लागि मलाई कुनै ठूलो थिएन ।

महाधिवेशन प्रतिनिधिहरूले माया गर्नु भएको थियो । जित्थे पनि हुँला । तर म अरुका लागि पनि त्यो ठाउँमा नउठेर पदाधिकारीमा गएँ । यो मेरा लागि ठूलो जित हो ।’

नेता सिटौलाको कार्यक्रममा सांसद राजु खनाल, सूर्यमान गुरुङ, अशोक कोइराला, प्रा.डा.गोविन्दराज पोखरेललगायत थुप्रै नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।