३० आश्विन २०८३, शुक्रबार

पूर्वका शसस्त्र भूमिगत समूहलाई संविधानसभामा ल्याउन पहल शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gun-1

इलाम, ११ साउन । संवैधानिक–राजनीतिक संवाद सहमति समितिले पूर्वका भूमिगत तथा शसस्त्र समुहसँग बार्ता शुरु गरेको छ ।

दोस्रो संविधानसभाबाट जारी हुने नयां संविधान लेखनमा उनीहरुलाई पनि सहभागी गराएर संविधान जारी गर्ने द्देश्यले ती समूहसँग समितिले बार्ता शुरु गरेको हो ।

इलामको चिया बारी कटेजमा आइतबार बिहान ९ बजेबाट ती समूहसँग समितिले ‘गोप्य’ बार्ता शुरु गरेको छ ।

किराँत जनवादी वर्कश, संयुक्त जातीय मुक्ति मोर्चा, संघीय लिम्बूवान राज्य परिषद, मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद, पल्लो किराँत लिम्बूवान राष्ट्रिय मञ्च, किराँत जनवादी वर्कस पार्टी विद्रोही समुह, खम्बुवान मुक्तिमोर्चा र स्टेट फोर्स लिम्बूवान समेत आठ वटा संगठन वार्तामा सहभागी भएको जानकारी प्रापत भएको छ ।

वार्तामा संविधान सभा, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उप–समितिका संयोजक आनन्द ढुंगानाको नेतृत्वमा गृह र शान्ति मन्त्रालयका सह–सचिव सहितको टोलीले भाग लिइरहेको छ ।

वार्तामा सहभागी भएका दल तथा संगठनहरुले विद्रोहका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ हुनुपर्ने, झुटा मुद्धा खारेज गर्नुपर्ने, विद्रोहका क्रममा मारिएकाहरुलाई क्षतिपूत्र्ति दिनुपर्ने लगातयका माग राज्यसँग राख्दै आएका छन् ।