
काठमाडौं, २८ फागुन । नेपाली काँग्रेसका एक जना युवा नेताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसंग विशेष नाता गाँसेका छन् ।
उनी हुन् प्रवल थापा । जो नेपाली काँग्रेस काठमाडौंका निर्वाचित सदस्य हुन् । जसले भर्खरै लोकमानसँग ज्वाई ससुराको सम्बन्ध राखेका हुन् । उनले लोकमानकी कान्छी छोरी आकृति कार्कीसँग केही दिनअघि लगनगाँठो कसेका हुन् ।
काठमाडौंको थापागाँउका थापा अष्ट्रेलियामा अर्थशास्त्रमा स्नातकोत्तर गरेर राजनीति गर्नकै लागि भन्दै ५ बर्ष अगाडी स्वेदश फर्किएका थिए । कांग्रेसको प्रजातन्त्रातिक विचारबाट प्रभावित भएर थापा राजनीतिमा होमिएका हुन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा भाञ्जा प्रवलले अख्तियारका प्रमुख लोकमानलाई ससुरा बनाएर आफ्नो नातालाई ठुल्ठुला भिआईपीसँग विस्तार गरेका छन् ।
अहिले ३२ बर्ष पुगेका प्रवलले २७ बर्षकी आकृतिसंग विहे गर्ने तयारी दुई बर्ष अगाडी देखि नै गरेको भएपनि गएको २२ गते शनिवार मात्रै उनीहरुको विवाह भएको हो । बेहुली लिन थापा ५१ जना मात्रै जन्ती लिएर अख्तियार प्रमुखको क्वाटर टंगालमा पुगेका थिए ।












प्रतिक्रिया