२४ कार्तिक २०८३, मंगलबार

खिलराज रेग्मी भारत प्रस्थान, के पाक्दैछ दिल्लीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khil-Raj-Regmiकाठमाडौं, २८ फागुन । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी भारतको नयाँ दिल्लीमा आयोजना हुने विश्व सांस्कृतिक महोत्सवमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

द आर्ट अफ लिभिङको ३५औँ वार्षिकोत्सवमा आयोजना हुन लागेको महोत्सवमा सहभागी हुन पूर्व अध्यक्ष रेग्मी दिल्ली प्रस्थान गर्नुभएको उहाँका सहयोगी राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

दिल्लीस्थित यमुना बैंक, मयुर बिहारमा हुने महोत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ । मार्चको ११ देखि १३ सम्म चल्ने उक्त महोत्सवमा १५५ देशका ३५ हजार कलाकारले आफ्नो प्रस्तुति देखाउने र करिब ३५ लाखको सहभागिता रहनेछ । सो महोत्सवमा नेपालका तर्फबाट १५० कलाकारले भाग लिदैंछन् ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको महोत्सवमा १५५ देशका राष्ट्र, सरकार प्रमुख तथा पूर्व राष्ट्र सरकार प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहने बताइएको छ । रासस