काठमाडौं, ११ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने औपचारिक नेपाल भ्रमण सकेर आइतवार दिल्ली फर्किनु भएको छ ।
उहाँले दिल्ली फर्किने क्रममा नेपाल भ्रमण नेपाल भ्रमण सोचेभन्दा पनि फलदायी भएको प्रतिक्रिया दिनु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले दिल्ली फर्किने क्रममा पशुपतिनाथको दर्शन गर्नुभएको थियो । ‘नेपाल भ्रमणबाट मैले सोचेभन्दा पनि धेरै ठूलो सफलता पाएँ,’ उहाँले भन्नुभयो, ‘सन्तुष्ट भएर दिल्ली फर्किन लागेकी छु ।’
उहाँले २६ बुँदामा सहमति भएको भन्दै अब निश्चित मार्गचित्र बनाएर त्यसलाई दुबै देशको हितमा हुने गरी कार्यान्वयन गर्दै पनि बताउनु भयो ।
स्वराजले भगवान पशुपतिनाथ विश्वका सबै हिन्दूहरुको आराध्यदेव भएको भन्दै यहाँ आउन पाउदा आफूलाई गर्व लागेकोसमेत बताउनु भयो ।















प्रतिक्रिया