– दीपक ओली
धनगढी, २८ फागुन । कैलालीको अत्तरियामा शुक्रबारदेखि राष्ट्रव्यापी नकआउट फुटवल प्रतियोगिता ‘मालिका यातायात वनदेवी यूवा क्लव (विवाइसी) कप २०७२’ सञ्चालन भएको छ ।
वनदेवी युवा क्लवको आयोजनामा अत्तरियाको तेघरी व्यारेक नजिक सो प्रतियोगिता सञ्चालन भएको हो ।
पहिलोपटक सुदूर तथा मध्यपश्चिमै सर्वाधिक धनराशिमा आयोजना हुन लागेको यो फुटवल प्रतियोगितामा भारतको बनारसबाट एक टीम, विभागीय टीम दुई र नेपालका क्लवहरु गरी १६ टिमको सहभागिता रहेको क्लवका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश शाहीले जानकारी दिए ।
प्रतियोगितामा विजेता हुने टीमलाई एक लाख ५१ हजार एक सय ११, उपविजेतालाई ७५ हजार एक सय ११ र सेमीफाईनलमा पुग्ने टीमलाई १५ हजार नगद पुरस्कार दिईने उनले जानकारी दिए ।















प्रतिक्रिया