२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको मतगणना हुँदै, आरक्षणतर्फका केही नतिजा आजै आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-matgaranaकाठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवारहरूको मतगणना आज पनि जारी रहने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी मतगणना आजदश बजे देखि सुरू हुने निर्वाचन समितिले जनाएको छ । मतगणनामा खुला २५ केन्द्रीय सदस्य र आरक्षणतर्फका उम्मेदवारको मतगणना सुरू भइसकेको छ ।

अत्यन्तै सुस्त गतिमाजारी मतगणनाका क्रममा खुलातर्फ जम्मा ४ सय मत मात्रै गणना भएको छ ।

आरक्षणतर्फ मुस्लिमतर्फको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहका फर्मुल्लाह मन्सुर निर्वाचित हुनु भएको छ । मन्सुरले रामचन्द्र पौडेल समूहका मोहम्मद अफ्ताव आलमलाई पराजित गर्नु भएको हो ।