३० आश्विन २०८३, शुक्रबार

प्रतिबन्धित भारतीय रुपैयाँसहित युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-paisa

पर्सा, ११ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले पाँच लाख ९० हजार भारतीय रुपैयाँसहित वीरगन्जको घण्टाघर चोकबाट एक युवकलाई पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका वडा नं १० पानीटङ्की निवासी सन्दीपकुमार साह नेपालमा प्रतिबन्धित भारतीय ५०० र हजारको नोटसहित आउँदै गरेको सूचनाको आधारमा घण्टाघर चोक नजिकै रोकी जाँच गर्दा उक्त रकम फेला परेपछि प्रहरीले निजलाई पक्राउ गरेको हो ।

निजको साथबाट हजार दरको ५८४ थान र ५०० दरको १२ थान नोट बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

आवश्यक कारबाहीका लागि साहलाई शनिबारै राजस्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाइएको छ । साहले भारतीय रुपैयाँको अवैध सटही कारोबार गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

राष्ट्र बैंकले भारतीय रुपैयाँको सहज उपलब्धतालाई नियन्त्रण गरेदेखि सीमा क्षेत्रमा भारतीय रुपैयाँको अवैध सटही कारोबारमा वृद्धि भएको छ । भारतीय रुपैयाँको अभावले गर्दा सीमा क्षेत्रमा भारु १०० को १६५ रुपैयाँमा खरिद बिक्री हुने गरेको छ ।