२९ आश्विन २०८३, बिहिबार

एमाले नेतासँग स्वराजको भेटवार्ता, बामदेवसँग मागिन माफी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushma-Soraj-India

काठमाडौंं, ११ साउन । नेकपा एमालेका शीर्ष नेता र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आइतबार बिहान भेटवार्ता भएको छ ।

काठमाडौंको बौद्धस्थित हायत रिजेन्सी होटलको कीर्तिपूर हलमा भएको भेटमा नेपाल र भारतबीचको पारस्परिक हित हुने गरी मात्र सन्धि हुनुपर्नेमा एमाले नेताहरुले जोड दिएका थिए । दुई देशबीचको सम्बन्ध आशंकामा नभई हार्दिकतामा आधारित हुनेपर्ने एमाले नेताहरुको भनाइ थियो ।

जबाफमा स्वराजले नेपाल र भारत दुवै देशबीच परम्परागत सम्बन्धलाई अझ बलियो बनाउन भारत सरकारले चाहेको बताएकी थिइन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गरेकी थिइन् ।

भेटमा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपाध्यक्षहरु विद्या भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव भीम आचार्य र केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डे सहभागी थिए ।

भेटमा विद्युत व्यापार सम्झौताको विषयमा पनि छलफल भएको थियो ।

गौतमसँग क्षमायाचना

यसैबीच, भारतीय विदेशमन्त्री स्वराजले एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतमसँग माफी मागेकी छिन् । शनिबार दिउँसो मल्ल होटलमा निर्धारित गरिएको भेटवार्तामा आफू आउन नसकेकोमा स्वराजले माफी मागेकी हुन् ।

भेटवार्ता तय गरिएको बारे आफूलाई जानकारी नै नभएको भन्दै उनले सही सूचनाको अभावमा समस्या उत्पन्न भएको भन्दै माफी मागेकी हुन् ।