
काठमाडौं, २७ फागुन । मुस्लिम तर्फको कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।
१३ औं महाधिवेशन अन्तर्गत विहीबार साँझ सम्पन्न मतगणनामा समावेशी मुस्लिम कोटातर्फ १ हजार २२२ मत प्राप्त गर्दै मन्सुर केन्द्रीय सदस्य बनेका हुन् ।
यो सँगै मन्सुर १३ औं महाविशेनबाट पहिलो केन्द्रीय सदस्य पनि बनेका छन् । संस्थापनबाट सांसद बनेका उनी महाधिवेशन अगाडि देउवा प्यानलमा गएका थिए । बाराका मन्सुर यसअघि पनि केन्द्रीय सदस्य थिए ।
निर्वाचन समितिका सदस्य धर्म खनालका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद आफताव आलमले १०४४ मत पाएका थिए । यसैगरी अब्दुल सतारले ४६०, अहमद मियाले १०४, अरुण मानवले ४८ र हारुण रसिदले ४३ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया