२४ कार्तिक २०८३, मंगलबार

सल्यानको लुहाममा प्रहरी र स्थानीयबासीबीच झडप, २ राउण्ड अश्रुग्याँस प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salyan-0

दाङ, २७ फागुण । सल्यानको लुहाममा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ।

फागुण २२ गते शंकास्पद तरिकाले मृत्यु भएकी भनिएकी त्रिबेणी ४ बस्ने बर्ष २५ की निर्मला बिकका हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयबासी प्रर्दशनमा उत्रिएका थिए ।

प्रर्दशनका क्रममा स्थितिलाई नियन्त्रण गर्न प्रहरीले आज बिहीबार मध्यान्ह बल प्रयोग समेत गर्नुपरेको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यसक्रममा प्रहरी र स्थानियबासी बीच लुहाममा झडप भएको थियो । झडपका क्रममा २ राउण्ड अश्रुग्याँस प्रहार गरिएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

Salyan

फागुण २२ गते बिकले आत्म हत्या गरेकी भनिएपनि बिदेशबाट आई पुगेका श्रीमानले स्थानीय एकजना ब्यक्तिको संलग्नतामा हत्या भएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएका छन् ।

हत्यामा संलग्न भएको भनि मृतका श्रीमानले आशंका गरेका ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान समेत शुरु गरिसकेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

मृतक बिकको हत्या वा आत्महत्या त्यसको पुष्टीको लागि प्रयोगशाला काठमाडौंमा पठाई सकेको र आबश्यक अनुसन्धानपछि प्राप्त रिपोर्टको आधारमा कारर्बाही अगाडी बढ्ने प्रहरीले जनाएको छ ।