
काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता एकता, लोकतन्त्र र विकासमा तिव्र भएर लाग्ने र नेपाली जनताको शिर निहुराउने काम गर्न नदिने प्रधानमन्त्रीले बताउनु भएको छ ।
लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता खस्कन नदिने प्रतिबद्धता, विकास यो सरकारको एजेण्डा भएको ओलीको भनाई थियो ।
विहीबार नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडको संयुक्त पहलमा बिर्तामोड–१ पञ्चकन्यामा निर्मित रक्तसञ्चार सेवा भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले फेरि पनि झापाबाट नै प्रधानमन्त्री दिनुपर्ने वातावरण बनाउने गरि विकास, आर्थिक समृद्धि र लोकतन्त्रको लागि आफूले काम गर्ने बताउनुभयो ।
आफूलाइ कुनै भष्टाचार गर्नुनपर्ने, छोरा नातिको लागि धन संचित गर्नुनपर्ने तथा सम्पति जोगाउनुनपर्ने भएकोले पनि दुई वर्षभित्रमा विकासमा कालापलट गरेर देखाउने ठोकुवा गर्नुभयो ।
रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा भएको समारोहमा प्रधानमन्त्री ओलीले भवन निर्माणका लागि जग्गा, नगद र जिन्सी प्रदान गर्ने दाताहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । सरकारको तर्फबाट रेडक्रसको अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।












प्रतिक्रिया