२४ कार्तिक २०८३, मंगलबार

विजुली बजारमा मधेसी मोर्चाको बैठक जारी, आन्दोलनको नयाँ रणनीति बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-650x488

काठमाडौं, २७ फागुन । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक विजुलीबजारमा जारी छ ।

विहीबार दिउँसो तीन बजेपछि तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा लामो समयपछि बसेको बैठकले नयाँ रणनीति तय गर्ने सदभावना पार्टीका महासचिव मनीष सूमनले जानकारी दिए ।

उनले भने– हाम्रा माग पुरा भएनन् । यो सरकार ढुंगा रहेछ । सुन्दै सुनेन् । अब हामी धैर्य गर्ने मुडमा हामी छैन् । आन्दोलनका नयाँ कार्यक्रम र देशभरी मधेसको माग पुर्याउने खालका कार्यक्रमसहित नयाँ रणनीति सार्वजनिक हुन्छ ।

उनका अनुसार बैठकमा केही दिनपछि भारत भ्रमणमा जान लागेका मधेसी मोर्चाका नेताहरुको एजेण्डाबारे पनि छलफल भइरहेको छ ।