२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा दोस्रो दिनको मतपरिणाम आउन सुरु, खुमबहादुरलाई प्रकाशमानले उछिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-Singh

– विमल योगी
काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना दोस्रो दिन पनि पार्टी कार्यालय सानेपामा जारी छ ।

पहिलो दिन बुधबार १५० मत गणना भएको थियो । दोस्रो दिन १०० मत गन्दा नेता प्रकाशमान सिंहले अग्रता लिएका छन् । हिजो र आज अहिलेसम्मको गरी गनिएको २५० मतमा सिंहले सबैभन्दा बढी १५४ मत प्राप्त गरेका छन् ।

सिंहले हिजो अग्रता लिएका खुमबहादुर खड्कालाई पछ्याएका छन् । खड्का एक मतले पछाडी परेका छन् । उनले १५३ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदीप पौडेल, प्रदीप गिरीको समान १४५ र शेखर कोइरालाले १४४ मत प्राप्त गरेका छन् ।

हेर्नुस् सूची:
प्रकाशमान सिंह १५४
खुमबहादुर खड्का १५३
शेखर कोइराला १४४
सुजाता कोइराला १२२
शंकर भण्डारी १२१
प्रदीप पौडेल १४५
बालकृष्ण खाड १४०
रमेश लेखक १३६
धनराज गुरुङ १२३
पूर्ण बहादुर खड्का १३२
प्रकाश शरण महत १२९
प्रदी गिरीको १४५
चन्द्र भण्डारी ११३
केबी गुरुङ १३८
एनपी साउद १०९

पुरा सूची हेर्नुस्ः

listlist-1list-2list-3