
मेलम्ची, २७ फागुन । भूकम्पबाट भत्किएका घरका पुराना काठ दुईवटा ट्रकमा लोड गरी लैजान लागेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
बिनाइजाजत बा ३ ख ९३४५ र मिनीट्रक ७८६७ नंका दुईवटा ट्रकमा काठ राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा काठसहित मेलम्ची नपा –१३ फलामेबाट मानबहादुर तामाङलाई मंगलबार राति पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीको नेतृत्वमा गएको टोलीले काठ बोकेका ट्रकसहित तामाङलाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका वन कार्यालय, नवलपुरलाई जिम्मा लगाइएको डाँगीले बताउनुभयो । रासस












प्रतिक्रिया