काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशन अन्तर्गत २५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना आज पनि हुने भएको छ ।
मतगणनो कांग्रेस मुख्यालय सानेपामा हुनेछ । बिहान १० बजेदेखि सुरू हुने आजको मतगणना तीन स्थानमा गर्ने तयारी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसअघि हिजो एक स्थानमा मात्रै मतगणना हुँदा अत्यन्तै ढिला भएको थियो । हिजो दिनभरिमा जम्मा १ सय ५० मत गणना भएको छ ।
मतगणनामा खुलामा पुराना अनुहार दोहरिएका छन् । हिजोको मतपरिणाम अनुसार खुमबहादुर खड्का ९४ मतसहित अग्रस्थानमा छन् ।
यसैबीच, आज आरक्षणतर्फका मतदानको गणना हुने निर्वाचन समितिले तयारी गरेको छ ।












प्रतिक्रिया