
– राजकुमार ओली
झापा, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार झापा पुगेका छन् ।
नियमित कार्यक्रमअनुसार ओली बुधबार झापा पुग्दा अर्कै रौनक थियो । जिल्लाका नेता कार्यकर्ता स्वागत गर्न एयरपोर्टमै पुगेका थिए ।
झापाको भद्रपुर विमानस्थलमा उत्रिए तब स्वागत गर्नेको लाइन लाग्यो । प्रधानमन्त्री भएपछि तेस्रोपटक गृहजिल्ला पुग्दा जिल्लावासी नै हर्षित देखिन्थे । भने ओली पनि निकै खुसी थिए ।
त्यसपछि विमानस्थलमै पत्रकार सम्मेलन गरियो । जहाँ ओली आक्रोशित देखिए । उनले अब सरकार परिवर्तन नभइ विस्तार हुनसक्ने कुरा बोले ।
आफ्नो सरकार कसैले चाहेर पनि दुई वर्ष सम्म हल्लाउन पनि नसक्ने र यो २ वर्ष भित्रमा नेपालमा आर्थिक सम्वृद्धि गर्दै कायापलट गरि देखाउने ठाकुवा समेत ओलीले गरे ।
त्यहाँबाट उनी जिल्ला विकास समिति झापाको २४औ जिल्ला परिषदबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा पुगे । जहाँ उनले आफ्नो सम्बोधनमा चीनसँग उर्जा, पारबहन, व्यापार लगायत सम्बृद्धि लगायत सबै विषयमा सम्झौता हुने बताए । नेपाल भुपरिबेष्टित मुलुक भएकोले छिमेकी दुवै देशसँग व्यापार लगाएतको विषयमा छाति खुल्ला गरि सम्झौता गर्न लागिपरेको समेत भने ।
हेर्नुस् फोटोहरुः

















प्रतिक्रिया