२४ कार्तिक २०८३, मंगलबार

ज्वाई–ससुरालाई हराएका सशांकको पनि विज्ञप्ति आयो, बुवा विपीको नक्कल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sashanka-koirala

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएको १८ घण्टापछि सशांक कोइरालाले विज्ञप्ति जारी गरेका छन् ।

मंगलबार सम्पन्न मतगणनामा ज्वाई-ससुरा गगन थापा र अर्जुननरसिह केसीलाई हराउँदै सशांक आफ्नो परिवारको उत्तराधिकारीका रुपमा महामन्त्रीमा निर्वाचित भएका थिए ।

निर्वाचित भएको १८ घण्टापछि बुधबार दिउँसो जारी गरिएको विज्ञप्तिमा सशांकले आफ्ना पिता विश्वेश्वरप्रसाद कोइरालाको मेलमिलापको विचार प्राथमिकतासाथ नक्कल गरेका छन् ।

उनले भनेका छन्- ‘नेपाली कांग्रेसको काँधमा गहन जिम्मेवारी र चुनौती रहेको छ । एकता, मेलमिलाप र सहकार्यको माध्यमबाट आपसी विश्वासको वातारण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको छ ।’

यसैगरी उनले विषम परिस्थितिमा कांग्रेसको १३ औं महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताएका छन् । ‘महाधिवेशनलाई सफल बनाउनु हुने महाधिवेशन प्रतिनिधी, पर्यवेक्षक, नेता तथा कार्यकर्ता र पार्टीका शुभेच्छुक सबैमा कृतज्ञताका साथ आभार प्रकट गर्दछु,’ उनले भनेका छन् ।

अहिले राजनीतिक अवस्था तरल रहेको भन्दै समस्याको समाधानका लागि आफू प्रयत्नशील रहने पनि उनले प्रतिबद्धता छ । ‘इतिहासको संगीन अवस्थामा सम्पन्न महाधिवेशनमा प्रजातन्त्रको धरोहर सहभागी साथीहरुबाट व्यक्त चासो, चिन्ता र सुझावहरु हाम्रा मार्गदर्शक अभिमत हुन् । यसलाई व्यवहारमा ल्याउन म पूर्ण इमान्दारीका साथ लाग्ने प्रतिबद्वता जनाउँछु’ उनले भनेका छन् ।

यसअघि उम्मेदवारी दिनुअघि पछिल्ला परिवर्तनको समिक्षा कांग्रेसमा हुनुपर्ने, हिन्दूराष्ट्र र राज संस्थाको बारेमा छलफल हुनुपर्ने धारणा राखेका थिए ।

Sashanka-koirala