२४ कार्तिक २०८३, मंगलबार

खुला २५ केन्द्रीय सदस्यको मतगणना सानेपामा हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-sanepa-matganaकाठमाडौं, २६ फागुन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना आज हुँदैछ । मतगणना अहिले केही समयपछि सुरू हुँदैछ ।

मत गणना पार्टी कार्यालय सानेपामा हुनेछ । खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार छन् ।

केन्द्रीय सदस्यको खुलातर्फ प्रभावशाली नेताहरू नै चुनावी मैदानमा छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्यानल नै बनाएका थिए ।

दुबै प्यानलका २५–२५ उम्मेदवार छन् । ४० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।