काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचत सभापति शेरबहादुर देउवालाई मतगणनाको नतिजा आउँदै गर्दा ‘करेन्ट’ लाग्न सुरू भएको छ ।
उनको समूहका अर्जुन नरसिंह केसी र चित्रलेखा यादव क्रमशः महामन्त्री र कोषाध्यक्षमा पराजित भएपछि पहिलो गासमा ढुङ्गा लागेको भनेर टिप्पणी हुन थालेका छन् ।
सानदार मतका साथ आफू विजयी भए पनि देउवाले आफ्नो समूहका केसी र यादवलाई भने विजयको माला पहि¥याउन सकेनन् ।
कांग्रेसी कार्यकर्ताले महामन्त्री र कोषाध्यक्षमा आएको नतिजाले पार्टीलाई एकीकरण गरेको प्रतिक्रिया दिने गरेका छन् ।
महामन्त्री र कोषाध्यक्ष गुमाएका देउवालाई पार्टी चलाउन समस्या हुने हो कि भनेर विष्लेषण हुने गरेको छ ।
केन्द्रीय कार्यसमितिमा महत्वपूर्ण दुई पद विरोधीले लगेपछि देउवालाई पीर परेको एक नेताले बताए ।
‘निर्वाचित दुई पदाधिकारी अर्को विरोधी समूहले लगेपछि देउवा चिन्तित हुनुहुन्छ’, ती नेताले भने, ‘मनोनीत गर्ने ठाउँ भए पनि निर्वाचित पदको आफ्नै गरिमा र महत्व हुन्छ ।’












प्रतिक्रिया