
चितवन, २५ फागुन । नेपालको आन्तरिक विषयमा बोलेर विवादमा तानिरहने नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले मंगलबार फेरि अर्काे झुटो कुरा बोलेका छन् ।
एक कार्यक्रममा सहभागिता जनाउन चितवन पुगेका रेले भरतपुरमा आज पत्रकारसँगको कुराकानीमा पत्याउनै नसकिने झुटो कुरा बोलेका छन् ।
जसलाई अहिले अवस्था र अभावले प्रमाणित गर्दछ । विषय हो इन्धन आयातको । नेपाल आयल निगमले मागेजति भारतले तेल दिन नमानेको बताइरहेका भारतीय राजदूत रेले भने अपत्यारिलो कुरा बोलेका हुन् ।
उनले नेपाल आयल निगमले माग गर्न नसकेका कारण आवश्यक मात्रामा पेट्रोलियम पदार्थ आयात हुन नसकेको तर्क गरे । यति मात्रै होइन् उनले नेपालमा आपूर्ति सहज बनाउन भारत सकारात्मक रहेको सम्म भने ।
भारतले पर्याप्त मात्रामा तेल नदिदा अहिलेपनि सर्वसाधारण लाइनमा बस्न बाध्य छन् ।
फरक प्रसंगमा उनले नेपालको पुरानो पार्टी नेपाली काँग्रेसले देशलाई अगाडि बढाउन सक्ने नेतृत्व पाएको धारणा राखे । ‘नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहने कांग्रेसले नेपाललाई समृद्ध बनाउन सक्ने मलाई लाग्छ ।’ उनले विश्वास व्यक्त गरे ।
बेला बेला नेपालविरुद्ध बोल्दै आएको र नेपाल–भारत सम्बन्धमाथि आँच आउनेगरी गतिविधी गरिरहेको आरोप लगाउँदै देशभरीका जनताले बेला बेला कारवाहीको माग राख्दै आएका छन् । तर, कारवाही हुन सकेको छैन् ।












प्रतिक्रिया