२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित, चित्रलेखा ९ मतले हारिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sita-devi-yadavकाठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित भएकी छिन् ।

१३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा प्रतिद्वन्द्वी चित्रलेखा यादवलाई पराजित गर्दै सितादेवी आगामी चार वर्षका लागि कांग्रेसको कोषाध्यक्ष बनेकी हुन् ।

यसअघि कोषाध्यक्ष पदमा चित्रलेखा यादव थिइन् । उनी पुनः कोषाध्यक्ष बन्न शेरबहादुर देउवा समूहबाट चुनावी मैदानमा होमिएकी थिइन् । तर, दोस्रोपटक कोषाध्यक्ष बन्न असफल भइन् ।

कोषाध्यक्षमा निर्वाचित सितादेवी संस्थापन समूहकी उम्मेदवार थिइन् । मधेसको प्रतिनिधिका रुपमा उनले कोषाध्यक्षमा उठ्ने मौका पाएकी थिइन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार सितादेबीले १२१७ मत प्राप्त गरिन् भने चित्रलेखाले १२०८ मत पाइन् ।

यो मतपरिणाम हेर्दा चित्रलेखा मात्र ८ मतले कोषाध्यक्ष बन्न चुकिन् ।