२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित, ज्वाई-ससुरा दुबै हारे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sashanka-koirala

– विमल योगी
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भएका छन् ।

१३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार भएको मतगणनामा नेताहरु अर्जनुनरसिह केसी र गगन थापालाई पछि पार्दै शशांक अागामी ४ बर्षका लागि महामन्त्री पदमा निर्वाचित भएका हुन् । केसी र थापा ससुरा र ज्वाई हुन् ।

एकै परिवारका दुई सदस्य (ससुरा र ज्वाई)लाई पराजित गर्दै विपी कोइराला पुत्र शशांक आफ्नो परिवारको विरासत जोगाउँदै महामन्त्री बनेका हुन् ।

कोइराला टिचिङ हस्पिटलका चिकित्सक हुन् । राजनीतिबारे खासै अनुभव नभएपनि विपी पुत्र हुँदा शशांकले अत्यधिक बहुमतका साथ देशकै ठूलो पार्टी कांग्रेसको महामन्त्री बन्ने अवसर पाए ।

यता राजनीतिमा संषर्घ गरेका र अनुभव भएका केसी र थापा (ज्वाई-ससुरा) भने पराजित भए ।

शशांक महामन्त्रीमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शशांकलाई महामन्त्रीमा विजयी भएको घोषणा गर्ने तयारी गरेको छ ।

महामन्त्रीमा कसले कति मत ल्याए ? 

महामन्त्री पदमा निर्वाचित शशांकले मतगणनामा सुरु देखिनै अग्रता लिएका थिए । उनका प्रतिद्वन्द्वी अर्जुननरसिंह केसी दोस्रो र गगन थापा तेस्रो स्थानमा रहे ।

आइतबार भएको निर्वाचनको मत गणना मंगलबार भएको थियो । जसमा बीपी पुत्र शशांकले १४१७ मत प्राप्त गरे ।

दोस्रो स्थानमा रहेका अर्जुन नरसिंह केसीले १०१७ मत पाएका थिए भने तेस्रो स्थानमा रहेका गगन थापाले ५८४ मत ल्याएका थिए ।

निर्वाचनमा कुल ३ हजार १४८ मत खसेको थियो ।