२४ कार्तिक २०८३, मंगलबार

सभापतिमा हारेपछि बोहराटारमा ‘रुवाबासी’ ! पौडेललाई भेट्नेले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram_Chandra_Paudel

काठमाडौं, २५ फागुन । १३ औं महाधिवेशनमा दुई पटकको निर्वाचनबाट पनि नेपाली काँग्रेसको सभापति बन्न चुकेका रामचन्द्र पौडेलको निवास बोहराटारस्थित बालाजु हाइटमा समर्थकको भिड लागेको छ ।

उनलाई भेटेर समर्थकहरुले सान्त्वना दिइरहेका छन् । खासगरी संस्थापन नजिकका जिल्ला सभापतिहरु, केन्द्रीय नेताहरु लगायतले बोहोराटार पुगेर हारमा दुःख व्यक्त गर्दै हरेश नखान आग्रह गरिरहेका छन् ।

मंगलबार बिहानैदेखि नेता, कार्यकर्ता र शुभचिन्तको भिड लागेको पौडेल निवास स्रोतले जनाएको छ । पौडेललाई भेट्न सबैभन्दा पहिला नेता मीनेन्द्र रिजाल बोहराटार पुगेका थिए ।

यस्तै डा. शशांक कोइराला, प्रकाशमान सिंह, बलबहादुर केसी, जीवन परियार, बद्री पाण्डे, दीपक गिरी, कृष्णचन्द्र नेपाली र रामकृष्ण घिमिरेसहित सांसद्, जिल्ला सभापति, क्षेत्रीय सभापति र प्रतिनिधिहरु पौडेल निवास पुगेका थिए ।

उनीहरुले हारमा नआत्तिन र पाएको मतको सम्मान गर्दै धैर्यतापूर्वक पार्टीमा योगदान गर्न सुझाव दिएका छन् ।

पौडेल सोमबार राति सम्पन्न दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवासँग ५२६ मतअन्तरले पराजित भएका थिए ।