१ कार्तिक २०८३, शनिबार

सभापतिमा निर्वाचित भएपछि मध्यराति देउवाको घर घेराउ ! (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-house-4

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।

सभापतिमा निर्वाचित भएसँगै देउवाको निवास बुढानिलकण्ठ दरबारमा समर्थकको भीड लागेको छ । देउवा घरमै बसिरहेका छन् ।

उनीहरु देउवालाई बधाई दिन मध्यरात वितिसक्दा पनि खुसियाली मनाउँदै बुढानिलकण्ड निवास बाहिर बसिरहेको त्यहाँ पुगेका हाम्रा सहकर्मी विमल योगीले बताए ।

यसैगरी देउवाका समर्थन सडकमा नाराबाजी गरेर खुसियाली बाडिरहेका छन् । मतगणना सम्पन्न भएको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह बाहिर पनि सयौं समर्थकले खुसी मनाइरहेका छन् ।

सोमबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई ५२६ मतअन्तरले पराजित गरी देउवा पहिलोपटक कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् ।

deuba-house-1 deuba-house-2 deuba-house-3  deuba-house-5deuba-house