२४ कार्तिक २०८३, मंगलबार

सभापतिमा निर्वाचित भएपछि देउवाका प्रतिनिधिले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashsaran-amahat

– विमल योगी
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतअन्तरले हराउँदै देउवा सभापति पदमा निर्वाचित भएका हुन् ।

सोमबार राति राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनामा देउवाले १ हजार ८२२ मत प्राप्त गरेका छन् । यसैगरी पौडेलले १ हजार २९६ मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित भएपछि देउवाका प्रतिनिधि डा. प्रकाशशरण महतले अब पार्टीलाई भागवण्डाबाट मुक्त गरी एकढिक्का बनाइने बताए ।

उनले भने– ‘देउवालाई वा पौडेललाई कसलाई भोट दियौ भनेर हामी विवादमा अल्झिदैनौं । अब पार्टी एक ढिक्का भएर जान्छौं । सबै साथीहरुले न्याय पाउँछन् । नेपाली कांग्रेसको नेतृत्वमा संविधान आयो । अब कार्यान्वयनको कार्यभार पुरा गर्छाै । ओझेलमा परेका नेता कार्यकर्तालाई न्याय दिन्छौं । नेपाली कांग्रेसलाई मजबुद बनाउँछौं । रिसराग छाडेर एक हुन्छौं । लामो समयपछि कार्यकर्ताले आफूले चाहेको नेतृत्व चुनेका छन् । यो भरोसालाई हामी कायम राख्नेछौं ।’