२९ आश्विन २०८३, बिहिबार

प्रचण्डसँग बाबुराम थकित, फेसबुकबाट सुरु भयो नयाँ पार्टी खोल्ने अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburam

काठमाडौं, १० साउन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको अन्तरसंघर्षबाट थकित भएका एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अन्ततः नयाँ पार्टी खोल्नका लागि अभियान सुरु गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाट नयाँ पार्टी खोल्ने अभियान आरम्भ गरेका हुन् । ‘नयाँ शक्ति’ नामक फेसबुक पेज निर्माण गर्दै भट्टराईले यस बहसमा जुट्न सबैलाई आव्हान पनि गरेका छन् । ‘नयाँ शक्ति ऐतिहासिक आवश्यकता हो, यसलाई कसैले पनि टार्न सक्दैन’- उनले फेसबुकमार्फत अपिल गरेका छन् ।

भट्टराईले नयाँ शक्ति बनाउन शनिबार इटहरीमा बहसको आयोजना समेत गरेका छन् । भारतमा सामाजिक मुद्दा उठाएर आम आदमी पार्टी लोकप्रिय भएझैं बाबुरामले नेपालमा पनि त्यस्तै पार्टीको कल्पना गरेका हुन् ।आमआमद्मी पार्टीकै सिको गर्दै नेपालमा नयाँ शक्ति स्थापना गर्न अरु दलबाट ‘स्वच्छ छवि र लोकप्रिय ’नेता कार्यकर्तालाई तान्न कोसिस गरेपनि उनको प्रयास सफल हुन सकेको छैन ।

अझ भारतमा आम आदमी पार्टी कमजोर हुँदै गएपछि नयाँ शक्तिको बहस उनले केही समय रोकेका थिए । तर, फेसबुक पेज समेत खोलेर प्रचारप्रचार सुरु गर्दै जिल्लामा भेलाको समेत आयोजना गर्नुले बाबुरामले भित्रभित्रै नयाँ पार्टीको तयारी गरेको देखिएको एमाओवादीका एक नेताले बताए ।