
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको सभापति पदका लागि जारी मतगणनामा वरिष्ठ नेता शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १९०० मत गणना गरिएको छ ।
जसमा देउवा ११६२ मत प्राप्त गरेका छन् भने रामचन्द्र पौडेलले ७९६ मत प्राप्त गरेको राष्ट्रिय सभागृहबाट हाम्रा सहकर्मी विमल योगीले बताए ।
मतगणना जारी छ ।
पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा सोमबार दिउँसो सभापतिका लागि नेपाली कांग्रेसको १३ महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन भएको थियो ।












प्रतिक्रिया