काठमाडौं, १० साउन । नेकपा एमालेका कार्यबाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम भारतीय विदेशमन्त्री सुष्मा स्वराजवाट अपमानित भएका छन् ।
नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी स्वराजले उपप्रधानमन्त्री गौतमलाई एक होटलमा भेट्न बोलाएर पनि भेट नगरेकी हुन् ।
उपप्रधानमन्त्री गौतमलाई स्वराजले शनिबार अपरान्ह ३ बजे राजधानीको होटल मल्लमा भेटघाटका लागि समय दिएकी थिइन् । स्वराजले दिएको समय अनुसार गौतम उनलाई भेट्न निर्धारित समयमै पुगेका थिए । त्यहाँ करिब एक घन्टासम्म स्वराजको प्रतिक्षा गरेपनि स्वराज आइनन् । बरु, करिब डेढ घण्टाको प्रतिक्षापछि भेटघाट कार्यक्रम रद्द भएको खवर गौतमलाई आयो।
त्यसपछि गौतम भेट्न बोलाएर हेप्ने भन्दै त्यहाँबाट फर्किएका थिए ।
स्वराजसँगको भेटपछि फोटो खिच्नका लागि मात्रै भन्दै गौतमका स्वकीय सचिवले संचारकर्मीलाई होटल मल्लमा बोलाएका थिए । तर, त्यहाँ पुगेका पत्रकारहरुलाई भने स्वराजको कार्यव्यस्तताका कारण भेटघाट हुन नसकेको भन्दै फर्काइएको मल्ल होटल पुगेका एक संचारकर्मीले बताए ।
भारतीय विदेशमन्त्रीको अपमानपछि गौतम आक्रोशित भएको बताइएको छ । स्वराजले गौतमलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा भन्दा पनि एमालेको कार्यबाहक अध्यक्षका रुपमा भेट्न समय दिएकी थिइन् ।
होटल मल्लमै भेट्न नआएपछि स्वराजले होटल द्धारिकामै भेट्न आउन गौतमलाई निम्तो पठाएकी थिइन् । तर, गौतम त्यहाँ गएनन् ।
















प्रतिक्रिया